हिन्दी-लघुकथा (नेपाली भाषा में अनूदित हिन्दी लघुकथाओं का प्रथम संकलन) / पुष्करराज भट्ट (डॉ., अनुवादक)
लघुकथा-संकलन : हिन्दी-लघुकथा (नेपाली
भाषा में अनूदित हिन्दी
लघुकथाओं का प्रथम
संकलन)
अनुवाद एवं संपादन : डॉ. पुष्करराज भट्ट
प्रकाशक
नेपाल प्रज्ञा-प्रतिष्ठान
संस्करण : पहिलो, वि.सं. २०७९ (१,२०० प्रति )
सर्वाधिकार : नेपाल प्रज्ञा-प्रतिष्ठान
कम्प्युटर सेटिङ : रञ्जन घिमिरे
आवरण सज्जा : वसन्तराज अज्ञात
मुद्रण : प्रज्ञा छापाखाना, कमलादी, काठमाडौं
मूल्य : रु. २७०/-
ISBN : 978-9937-761-89-5
कुलपतिको मन्तव्य
नेपालका भाषा, साहित्य, कला, संस्कृति तथा ज्ञान-विज्ञानका विविध विधाको अध्ययन, अनुसन्धान एवम् प्रवर्धन गर्दै तत् तत् विषयमा उत्कृष्ट ग्रन्थ प्रकाशन गर्ने अभिप्रायका साथ वि. सं. २०१४ मा सुरुमा नेपाली साहित्य कला एकेडेमीका रूपमा स्थापित नेपाल एकेडेमीले क्रमशः रायल नेपाल एकेडेमी र नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानका नामबाट विकसित हुँदै आफूले राज्यबाट प्राप्त गरेको उत्तरदायित्वलाई गहनतापूर्वक वहन गर्दै आएको कुरा सबैलाई अवगत भएकै छ । २०६२/०६३ को जन आन्दोलनपछि साबिकको नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानबाट ललितकला एवम् नाट्य-सङ्गीत विधालाई छुट्टयाई छुट्टाछुट्टै प्रज्ञा-प्रतिष्ठान गठन गरिएको र नेपाल प्रज्ञा-प्रतिष्ठान ऐन २०६४ अन्तर्गत नेपालका भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र र दर्शनको अध्ययन, अनुसन्धानमार्फत प्रवर्धन गर्ने उद्देश्यले वर्तमान नेपाल प्रज्ञा-प्रतिष्ठान गठन गरिएको हो । यस अर्थमा आफ्नो गठनदेखिकै बिरासत ग्रहण गर्दै हाल कानुनबमोजिमका विषयक्षेत्रमा यो प्रज्ञा-प्रतिष्ठान कार्यरत छ ।
भाषा, संस्कृति, धर्म, दर्शन आदि क्षेत्रमा रहेको मुलुकको विविधतालाई सम्बोधन गर्दै यस्तो विविधताभित्र रहेको एकतालाई अझ समृद्ध पार्ने क्रममा नेपालका प्राज्ञिक जगत्का समग्र विज्ञहरूलाई समेट्दै अगि बढ्न हामी कटिबद्ध छौं। देशभित्र र बाहिर रहेका समग्र नेपाली स्रष्टाको छाता भई उनीहरूको ज्ञान र सिपलाई अधिकतम प्रयोग गर्दै उनीहरूलाई प्राज्ञिक अध्ययन, अनुसन्धानको अभिभारा प्रदान गर्न प्रज्ञा प्रतिष्ठान कटिबद्ध छ । यसरी राष्ट्रिय रूपमा समग्र नेपालीहरूको साझा प्राज्ञिक थलो बनाउने लक्ष्यका साथ नेपाल प्रज्ञा-प्रतिष्ठानका नीति र कार्यक्रम रहने गरेका छन् । यसका अतिरिक्त अन्तर्राष्ट्रिय जगत्मा स्थापित समान प्रकृतिका प्राज्ञिक संस्थाहरूसँग संस्थागत समझदारी बढाउँदै प्राज्ञिक आदान-प्रदानमार्फत नेपाल प्रज्ञा-प्रतिष्ठानको अन्तर्राष्ट्रिय छवि निर्माण गर्न पनि हामी प्रतिबद्ध छौं । यसरी स्पष्ट राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय छवि भएको प्रज्ञा-प्रतिष्ठानका रूपमा नेपाल प्रज्ञा-प्रतिष्ठानलाई विकसित गर्ने हाम्रो प्रयासलाई सार्थक बनाउन सरोकारवाला समग्र प्राज्ञहरूको सहयोगको आवश्यकता हामीले महसुस गरेका छौं। यसरी नेपालभित्र र बाहिर पनि गोष्ठी, सेमिनार, सभा, सम्मेलन, अध्ययन, अनुसन्धान एवम् ग्रन्थ प्रकाशनसहित अनुवादमार्फत ज्ञान र सृजनाको आदान-प्रदानमा नेपाल प्रज्ञा-प्रतिष्ठान सक्रिय रहने प्रतिबद्धता सरोकारवाला सबै प्राज्ञहरूसँग जाहेर गर्दछौं ।
(गङ्गाप्रसाद उप्रेती)
कुलपति
नेपाल प्रज्ञा-प्रतिष्ठान
प्रकाशकीय
भाषा, साहित्य, धर्म, दर्शन, संस्कृति, समाजशास्त्र, ज्ञान-विज्ञान एवम् कला- वास्तुकला आदि नेपाली जनजीवनका विविध पक्षहरूको अध्ययन/अनुसन्धानका माध्यमद्वारा सिङ्गो नेपाल राष्ट्रको सुदृढीकरण र समष्टि रूपमा नेपाली राष्ट्रियताको दिगो विकासमा सघाउ पुऱ्याउने पवित्र उद्देश्यबाट अभिप्रेरित भएर नेपाल प्रज्ञा-प्रतिष्ठानको स्थापना गरिएको हो । अतः नेपाल राष्ट्रलाई आवश्यक पर्ने प्रज्ञानको पूर्ति गर्नु नेपाल प्रज्ञा प्रतिष्ठानको प्रमुख दायित्व हो । नेपाल प्रज्ञा-प्रतिष्ठानले आफ्नो स्थापना कालदेखि नै नेपालको मूर्त-अमूर्त सांस्कृतिक सम्पदाको अध्ययन / अनुसन्धानका माध्यमबाट नेपाल राष्ट्रको आवश्यकता परिपूर्ति र विश्वसामु नेपाललाई चिनाउने काममा लागिरहेको छ ।
अहिले नेपाल प्रज्ञा-प्रतिष्ठानअन्तर्गत एघारओटा विभाग छन् र ती विभागहरू प्रवचन, गोष्ठी, अनुसन्धान परियोजना तथा पत्रिका एवम् पुस्तक प्रकाशनका माध्यमबाट आआफ्ना क्षेत्रको विषयगत उन्नयनमा लागिरहेका छन् ।
यसै गरी युगअनुसार नेपालीहरूका बिच आपसी सद्भाव बढाएर नेपालको अस्मितालाई कायम राखिराख्न सघाउ पुऱ्याउने खालको अध्ययन / अनुसन्धानमा पनि नेपाल प्रज्ञा प्रतिष्ठान निरन्तर रूपले अगि बढिरहेको छ । यसअन्तर्गतका सबै विभागहरू आआफ्ना कार्यमा निरन्तर लागिरहेका छन् ।
नेपाली भाषा-साहित्यका अनुवाद अङ्ग्रेजीलगायत अन्य भाषामा गरेर नेपाली साहित्यका संवर्द्धन गर्ने र अन्य भाषामा लेखिएका कृतिलाई नेपाली भाषामा अनुवाद गरेर नेपाली साहित्य जगत्मा साक्षात्कार गराउने नेपाल प्रज्ञा-प्रतिष्ठान र साहित्य (अनुवाद) विभागका मूल उद्देश्य रहेको छ । त्यसैअनुरूप अनुवाद विभागबाट अनुवाद कार्य निरन्तर रूपमा सम्पन्न भएर प्रकाशन हुँदै आएको छ । यस महत्त्वपूर्ण कार्यले नेपाली साहित्यलाई विश्वव्यापीकरणमा सहयोग प्रदान गर्नुका साथै नेपालीभाषी पाठकलाई आफ्नो पठन र साहित्य सर्जनको वृत्त फराकिलो गराउन पनि सहयोग पुऱ्याएको छ भन्ने कुरामा दुईमत छैन ।
साहित्य (अनुवाद) विभागको आफ्नो उद्देश्यअनुरूप एउटा अर्को अनूदित कृति “हिन्दी लघुकथा" प्रकाशन भएको छ । साहित्य (अनुवाद) विभागको परियोजनाबाट डा. पुष्करराज भट्टद्वारा 'हिन्दी लघुकथा' शीर्षकमा नेपाली भाषामा अनुवाद हुनु सर्वथा स्वागतयोग्य मान्न सकिन्छ ।
अनुवादक साहित्यकार डा. भट्टको नेपाली र हिन्दी भाषामा समान ज्ञान भएकोले प्रस्तुत कृति महत्त्वपूर्ण बनेको छ यो ग्रन्थ नेपाली लघुकथा साहित्य जगत्का लागि विशेष पठनीय र प्रशंसनीय रहने छ, भन्ने पूर्णतः विश्वास गर्न सकिन्छ ।
म अनुवादक साहित्यकार डा. पुष्करराज भट्टप्रति धन्यवाद ज्ञापन गर्दछु साथै यस्तो महत्त्वपूर्ण ग्रन्थलाई आफ्नो अनुवाद विभागबाट प्रकाशन गर्न कार्य योजना मिलाउनुहुने विभागीय प्रमुख प्राज्ञ प्रा.डा. उषा ठाकुरज्यूमा विशेष कृतज्ञता ज्ञापन गर्दछु । यो कृति प्रकाशनका क्रममा सहयोग पुऱ्याउने प्रज्ञा-प्रतष्ठानका कर्मचारी, प्राविधिकहरूमा पनि धन्यवाद दिन्छु ।
( डा. जगमान गुरुङ)
उपकुलपति
विभागीय मन्तव्य
नेपाल प्रज्ञा प्रतिष्ठान र प्रतिष्ठानका अनुवाद विभाग नेपाली भाषा साहित्यको संरक्षण-संवर्द्धन र विश्वव्यापीकरणको लागि सतत् प्रयत्नशील रहेको छ। साथै विश्व - साहित्यको ज्ञान, शिल्प, प्रवृत्तिहरूलाई नेपाली साहित्यजगत्मा ज्ञान प्रदान गर्नका लागि पनि त्यत्तिकै कटिबद्ध रहेको छ । यसै उद्देश्यको परिपूर्तिका लागि अनुवाद विभागका परियोजनाअन्तर्गत डा. पुष्करराज भट्टज्यूद्वारा अनूदित कृति "हिन्दी लघुकथा" शीर्षक पुस्तक सम्पन्न भएको छ । यस कृतिलाई विद्वत् वर्गमा प्रस्तुत गर्न पाउँदा हर्षको अनुभूति प्राप्त भइरहेको छ । भट्टज्यूले यस पुस्तकमा हिन्दी भाषामा लिखित लघुकथाहरूबाट ८६ लघुकथाहरू चयन गरेर हिन्दी भाषामा अनुवाद प्रस्तुत गर्नु भएको छ।
आशा छ कि हिन्दीबाट अनूदित यी उत्कृष्ट लघुकथाहरू नेपाली साहित्य जगत्मा बहुपक्षीय र दीर्घकालीन प्रभाव पार्नमा सफल हुने छन् । नेपाली लघुकथा क्षेत्रका विद्वान् डा. पुष्करराज भट्टले यस सङ्ग्रहमा समसामयिक हिन्दी लघुकथाहरूका समग्र स्वरूप चिनाउने क्रममा हिन्दी जगत्का अग्रजदेखि अनुज पुस्तासम्मका पूर्ण सहभागिता गराउनु भएको छ । त्यसैले यस कृतिलाई हिन्दी जगत्का प्रतिनिधिमूलक लघुकथासङ्ग्रह मान्न सकिन्छ । यस सङ्ग्रहमा प्रवृत्तिगत र शैलीगत विविधता देख्न सकिन्छ ।
समग्र रूपमा यस कृतिका अवलोकन गर्दा पाइन्छ कि मूल रूपमा सामाजिक विषयवस्तु, सामाजिक विकृति, विसङ्गतिका उद्घाटन गर्नु नै यस सङ्ग्रहका मूल विशेषता रहेको छ । साथै मनोविज्ञानपरक, विज्ञान र प्रविधि परिवेशलाई आधार बनाएर, मानवतावादी सन्देश दिने खालका यी कथाहरू प्रतीकात्मक रहस्यात्मक, कौतूहलपूर्ण, व्यङ्ग्यात्मक, संवादात्मक, वर्णनात्मक, नाटकीय चेतनात्मकजस्ता अनेक रङ्ग, प्रवृत्ति, शैलीहरूमा उद्घाटित भएको पाइन्छ । यी लघुकथाहरू पाठक वर्गमा गहिरो प्रभाव पार्न सक्ने सामर्थ्य भएका छन्।
हिन्दी लघुकथा साहित्यका यी प्रतिनिधि लघुकथाहरूलाई नेपालीमा अनुबाद गरेर अनुवादक डा. पुष्करराज भट्टले निश्चय नै एउटा महत्त्वपूर्ण कार्य गर्नुभएको छ ।
यी अनूदित लघुकथाहरू नेपाली लघुकथाकारहरूका हिन्दी लघुकथाहरूसँग तुलनात्मक रूपमा आबद्ध भएर भाव, भाषा, शैली र वैचारिक धरातलमा आबद्ध भएर एक अर्काका साहित्यिक सामाजिक, धार्मिक, सांस्कृतिक भावनाका परस्पर आदान-प्रदान हुने छ र आफ्ना साहित्यिक ज्ञान क्षितिजलाई अझ व्यापकता प्रदान गर्न सक्ने छ र यस प्रकार नेपाली हिन्दी साहित्यिक एकताको भावना सुदृढ हुने छ, भन्ने विश्वास मैले लिएकी छु ।
अनुवाद कार्यको गहन दायित्व विद्वान भट्टज्यूले ईमानदारीपूर्वक लगन र परिश्रमका साथ सम्पन्न गर्नुभएको छ । अनुवाद कार्यमा विश्वसनीयता र भावको अक्षुण्णता कायम छ । प्राज्ञिक महत्त्व बोकेका यी लघुकथाहरू सन्देशमूलक र प्रेरणादायी छन् र समाजलाई नयाँ दिशा प्रदान गर्नमा सक्षम पनि ।
यस अनूदित कृतिका भाषा भावानुकूल छ साथै सहज, सरल, स्पष्ट र बोधगम्य छ कथामा प्रवाहमयता छ । शब्दहरूको संयोजन प्रशंसनीय छ नेपाली साहित्यको श्रीवृद्धिमा यो अनूदित कृति उपयोगी र महत्त्वपूर्ण हुने छ, भन्ने मेरो पूर्ण विश्वास छ ।
म विद्वान् अनुवादक साहित्यकार डा. पुष्करराज भट्टज्यूलाई हार्दिक बधाईसहित धन्यवाद ज्ञापन गर्दछु साथै यस कृतिको प्रकाशनमा संलग्न प्रज्ञा-प्रतिष्ठानका सम्बन्धित कर्मचारी मित्रहरूलाई पनि म धन्यवाद दिन्छु ।
उषा ठाकुर
प्रा. डा. उषा ठाकुर
प्रमुख
साहित्य (अनुवाद) विभाग
अनुवादकको भनाइ
भारतको साहित्यिक गतिविधि एवम् लेखकसँग सम्पर्क भएको पाँच वर्ष जति भएको छ । सन् २०१७ मा भारत, हरियाणाको मनुमुक्त मेमोरियल ट्रस्ट र यसका प्रमुख ट्रस्टी डा. रामनिवास मानवसँगको सम्पर्कपछि भारतको साहित्यिक गतिविधिसँग नजिक हुने अवसर मिल्यो । मनुमुक्त मेमोरियल ट्रस्टका कार्यक्रममा सहभागिता र प्राप्त सम्मानले नेपाल र भारतका बिच साहित्यिक सम्बन्ध जोड्नका लागि केही काम गर्ने चाहना बढ्यो । यस बिचमा डा. रामनिवास मानवका हिन्दी लघुकथाका नेपाली अनुवाद कृति घर फर्केका पाइला (२०७८) प्रकाशित गरिसकेको छु । यसै क्रममा भारतको मध्य प्रदेश, ग्वालियरका लघुकथाकार राजकमल सक्सेनाले नेपाली लघुकथाकारका हिन्दी लघुकथालाई भारतका विभिन्न पत्रपत्रिकामा प्रकाशन गर्ने क्रममा मेरा हिन्दी लघुकथा पनि भारतमा छापिए यसै क्रममा मैले भारतीय लेखकका हिन्दी लघुकथालाई नेपालीमा अनुवाद गर्ने कार्य थालेँ । मलाई हिन्दी लघुकथाकारसँग सम्पर्क गराउने कार्यमा राजकमल सक्सेनाले भूमिका खेल्नुभएको थियो । मेरो अनुवाद कार्य चलिरहेको थियो, सन् २०२१ मे २५ का दिन राजकमल सक्सेनाको निधन भयो । मलाई हिन्दी लघुकथाको नेपाली अनुवादतर्फ प्रवृत्त गराउने राजकमल सक्सेनाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।
हिन्दी लघुकथाको नेपाली अनुवाद गर्ने क्रममा भारतीय लघुकथा लेखकका रचना सङ्कलन कार्य सहज थिएन । प्रारम्भमा हिन्दी लेखकका रचना उपलब्ध गराउने कार्यमा राजकमल सक्सेनाको महत्त्वपूर्ण भूमिका रह्यो । पछिल्ला दिनमा आफू स्वयम्को सम्पर्क एवम् हिन्दी लघुकथा लेखकहरूको सहयोग रह्यो । यसै क्रममा भारतीय लघुकथाकार डा. रामनिवास मानव, कान्ता राय, मुकेश शर्मा, मृणाल आशुतोष, पवन जैन आदिको सहयोग प्राप्त भयो । पछिल्ला समयमा हिन्दीका वरिष्ठ लघुकथाकार अशोक जैनले दरिलो सहयोग र समर्थन दिनुभयो । यो कृति निर्माणका लागि हिन्दीका लघुकथाकारसँग सम्पर्क गराउने कार्यमा उहाँको महत्त्वपूर्ण हात रहेको छ । हिन्दी लघुकथाकारका परिचय एवम् लघुकथा अनुवादका लागि तीन वर्षको अवधि लागेको छ ।
यस कृतिमा रचना छनोट गर्ने क्रममा दिवङ्गत स्रष्टा पार दासोत र हरिशङ्कर परसाईका लघुकथाको अनुवाद गरिएको छ। लघुकथा अनुवाद भइसकेपछि लघुकथाकार मधुदीप गुप्ता, डा. सतीशराज पुष्करणा, राजकमल सक्सेनाको निधन हुन पुग्यो भने रवि प्रभाकरको लघुकथा उहाँको निधनपछि अनुवाद गरियो । यस कृतिमा छ जना दिवङ्गत स्रष्टाका लघुकथाको अनुवाद गरिएको छ। अनुवाद कृतिमा वर्तमानमा लघुकथा लेखनमा सक्रिय रहेका नवपुस्ताका साथै हिन्दी लघुकथाको क्षेत्रमा ख्यातिप्राप्त डा. रामनिवास मानव, अशोक जैन, बलराम, डा. बलराम अग्रवाल, भगीरथ परिहार, महेश दर्पण, डा. अशोक भाटिया, अशोक लव, कमलेश भारतीय, डा. लता अग्रवाल डा. रामकुमार घोटड, डा. राजकुमार निजात, डा. सत्यवीर मानव, डा. पुरुषोत्तम दुबे, रूप देवगण, कान्ता राय, प्रो. प्रबोधकुमार गोविल आदिका रचना समावेश गरिएका छन् । यसरी नै नयाँ पुस्ताका लेखकहरू प्रतिभाशाली लेखक अञ्जु खरबन्दा, कपिल शास्त्री, चित्रा राणा राघव, पङ्कज शर्मा, मृणाल आशुतोष, मौसमी चन्दा, सन्दीप तोमर आदिका रचना पनि समावेश गरिएका छन् । यस कृतिमा लेखनका तीन पुस्ताका रचना पाइन्छन् । यी रचनाले हिन्दी लघुकथा लेखनका धारलाई एक हदसम्म परिचय प्रदान गर्ने छ । यस कृतिले हिन्दी लघुकथाका बारेमा नेपाली पाठकलाई सुसूचित हुने अवसर मिल्ने छ ।
यस कृति प्रकाशनका लागि अनुमति दिनुहुने नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव आदरणीय प्रा. जगत्प्रसाद उपाध्याय, साहित्य (अनुवाद) विभागका प्रमुख प्रा.डा. उषा ठाकुरप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । मेरो कृति प्रकाशनप्रति चासो राखेर आवश्यक सल्लाहसुझाव दिनुहुने लघुकथाकार रचना शर्मा, कुसुम ज्ञवाली, गोपाल अश्क एवम् रज्जन घिमिरे प्रति हार्दिक आभार प्रकट गर्दछु ।
-डा. पुष्करराज भट्ट
हसनपुर, धनगढी उपमहानगरपालिका-५ कैलाली ९८४९२२५८८३
विषयक्रम
अञ्जु खरबन्दा होम हेप्पी होम / सय छोरा सय
अन्तरा करवडे रोकिएका पाइला / फूल पुतली
अशोक लव छोरीहरू नै किन ? मोहको धागो
अशोक वर्मा ठुलो हाकिम / पिछलग्गु
डा. अशोक भाटिया रहस्य / पहिचान
अशोक जैन टुटिसकेपछि / अनि उसले भन्यो आभा दबे चिन्ता / गुलाफको फूल र काँडा
आशा खत्री 'लता' मातृभूमिको माटो / मान
आशिष दलाल घरज्वाइँ / सहिदकी आमा
डा. उपमा शर्मा खोज / बदलिएको दृष्टिकोण
डा. कमल चोपडा उसको एक उपस्थिति / यति टाढा
कमलेश भारतीय सात ताला र चाबी / दृष्टिकोण
कल्पना भट्ट 'रौनक' दृष्टिभ्रम / पार्षदवाला गल्ली
कपिल शास्त्री वंश / थप्पड
कान्ता राय विलुप्तता/रन्डी
कीर्ति श्रीवास्तव माफ गरिदेऊ / कोमल प्रश्न
कृष्णचन्द्र महादेवीया तिम्रै लागि / स्ट्रिट सिङ्गर
कुसुम पारिक : लुकेको छुरी / प्रतिध्वनि
डा. क्षमा सिसोदिया प्राञ्जल / लक्ष्मण रेखा
घनश्याम मैथिल 'अमृत' आफ्नो आफ्नो झन्डा / आँठाछाप विद्यार्थी
डा. चन्द्रा सायता शब्द वध / सहिदकी आमा
चित्रा राणा राघव लुकेको राक्षस / परिधि
डा. चैतन्य सक्सेना रेलकी चन्द्रमा / बिचरा
जगदीश राय कुलरियाँ प्रतिविम्ब / नाताको धरातल
जया नर्गिस काख / लिङ्ग परिवर्तन
ज्योत्सना कपिल चुनौती / कहिले सम्म ?
ज्योति जैन 'ज्योति' मास्क / जाग्रत्
दिव्या राकेश शर्मा पुष्करिणी / झङ्कार
डा. नरेन्द्र नाथ लाहा संवेदना / जस्तालाई त्यस्तै
पङ्कज शर्मा रुखको दुःख / पुण्य
पवन जैन चैम्पियन / हिलोमा रोटी
पवन शर्मा शरण / भङ्ग भएको अनुभूति
पवित्रा अग्रवाल राम्रो गर्यो / अवसरवाद
प्रो. प्रबोधकुमार गोविल निष्कर्ष / घेराउ
पारस दासोत सिक्का / अन्त्यमा राम्रो
डा. पुरुषोत्तम दुबे तीन पत्ती / केटी मन पयो
डा. प्रताप सिंह सोढी अनाम नाता / विरासत
बलराम प्रायश्चित्त/ बुहारीको प्रश्न
डा. बलराम अग्रवाल नदीलाई बचाउनु छ / बिनानालको घोडा
डा. बिना तपस्या / कर्मकुण्डली
डा. भगवती प्रसाद द्विवेदी इज्जत / आरोप
भगीरथ परिहार सबैको पेट छ / पुच्छर भएको मानिस
मधु जैन आमाको साडीको फेर / तेस्रो रोटी
मधुकान्त लघुकथाको पसल / सासु र आमा
मधुदीप पुत्रमोह / हो, म जित्न चाहन्छु
महेश दर्पण दुई पिढीं/ टोलवासीको कर्तव्य
मनोरमा जैन 'पाखी' विवशताको मूल्य / कैदी नम्बर २२०
माधव नागदा परिवारकी प्यारी / कर्मयोगी
मार्टिन जान बरन्डा / दुरी कायम छ
डा. मालती बसन्त फेरबदल / आफ्नो आफ्नो दुःख
मिन्नी मिश्रा हिलोमा कमल / तिम्री आम
मीरा जैन पुरानो चामल / कर्तव्य
मुकेश शर्मा अँध्यारो र उज्यालो / के धर्म केवल कल्पना हो ?
मुरलीधर वैष्णव गलत नम्बर / मानिस
मृणाल आशुतोष और जबेग/ सन्तान
मौसमी चन्द्रा खुला किताब / दुई सय रुपियाँ
डा. योगेन्द्र नाथ शुक्ला पीडा / बिमा
रवि प्रभाकर पग्लिरहेको आधारभूमि / पिछलग्गु
राजकमल सक्सेना शिष्टाचार / काम
डा. राजकुमार निजात अन्धो घृणा / उसकी आमा
रामकरन सोनी गोल्डी / बामपुड्के
राम मुरत 'राही' दोहरो तनाव / आमाका लागि
डा. रामनिवास मानव स्टेसस / सबैकी आमा
डा. राम कुमार घोटड विद्रोही नाता / अनि ऊ एक महिला हो
प्रो. रूप देवगण मन्थन / अर्को सत्य
डा. लता अगवाल सत्यको अग्निपरीक्षा / भाग्य खराब भएको भोक
डा. वसुधा गाडगिल क्यान्डल लाइट डिनर / बुझाइ
विजय कुमार दिमागको फोहर / एक नयाँ सोच
विभा रश्मि मौन शब्द / व्यवहारिक
वीरेन्द्र 'वीर' मेहता श्राद्ध / जबाफ
विना सिंह नयाँ कपडाको खुसी / सम्मानको पसल
शशि सक्सेना समर्थ / भिख
डा. शील कौशिक अन्तिम यात्रा / भविष्य
शोभना श्याम आफ्नो कथाको पात्रसँग भेट / आफ्नो
श्यामसुन्दर अग्रवाल आमाको कोठा / उत्सव
सतीश राठी खुला किताब / पेटको प्रश्न
डा. सतीशराज पुष्करणा दुर्गन्ध / सहानुभूति
डा. सत्यवीर मानव अभावग्रस्त/ दाइजोविरोधी
सन्तोष सुपेकर कसरी भनूँ ? / अपकेन्द्रीय बल
सन्दीप तोमर इच्छा / भागबन्डा
डा. सन्ध्या तिवारी कविता / भन मेरी माछी कति पानी
सराफत अली खान प्रेमको हावा / धर्म
सविता इन्द्र गुप्ता फिर्ता / टुटिरहेको सिलसिला
सीमा जैन बाजा बज्यो / उज्यालो
सुकेश साहनी खोस्टो / कुकुर भएको घर
हरिशङ्कर परसाई जाति / चन्दाको डर
डॉ. पुष्करराज भट्ट
मो. : +977 98492 25883
हार्दिक आभार
जवाब देंहटाएं